spot_img
spot_img

मतदाता शिक्षा कार्यक्रम सुरु

विराटनगर । प्रदेश १ निर्वाचन कार्यालय विराटनगरले बुधबार नमुना मतदान कार्यक्रम गरेर औपचारिक रूपमा मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।

यसपटकको चुनावमा प्रत्येक मतदाताले चार मतपत्रमध्ये पहिलोमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारलाई, दोस्रोमा प्रतिनिधिसभाकै समानुपातिकतर्फ मतदान गर्नुपर्ने प्रदेश निर्वाचन अधिकारी लेवनकश्यप अधिकारीले बताए ।

तेस्रोमा प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार र चौथो मतपत्रमा प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारलाई मतदान गर्नुपर्ने उनले जानकारी दिए ।अधिकारीले बिहीबारदेखि मोरङका १७ वटै पालिकामा उक्त कार्यक्रम सञ्चालन गरेर मतदान प्रक्रियाको बारेमा सुसूचित गर्ने बताए ।
Workplace

नमुना मतदानसँगै मंसिर १ सम्म प्रत्येक वडामा एक जना महिला स्वास्थ्य स्वयंसेविकाले १५ दिन घरघरमा गएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने उनले बताए । स्थानीय तहको चुनावमा बदर मतको संख्या बढेकाले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको अधिकारीले बताए ।

महिला स्वास्थ्य स्वयंसेविकाले मतको महत्त्व, मतदान प्रक्रिया, सही तरिकाले मतदान गर्ने विधिको बारेमा मतदातालाई जानकारी दिन यो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?