मैदान दुग्ध बिकासको सम्भावना बोकेको ठाउँ हो लगानी म भित्राउछु : पुष्पा भुसाल

अर्घाखाँची । पाणिनी गाउँपालिकाको वडा नं. ५ मैदानमा बोल्दै प्रतिनिधि सभासदस्य पदका उम्मेदवार पुष्पा भुसालले मैदान दुग्ध बिकासको सम्भावना बोकेको स्थान भएकोले यस्को लागि प्रसस्त लगानी आवश्यक पर्ने बताइन ।

भुसालले मैदान कृषि तथा दुग्ध क्षेत्रमा ठूलो सम्भावना बोकेको बताउदै आफुले लगानी भित्राउने बताएकि हुन् । उनले ५० हजार युवालाइ स्वदेश फर्काउछु भनेर मात्र नहुने भन्दै संभावना अनुसारको लगानी गरि रोजगारीको सिर्जना गर्नु पर्ने आवश्यकता रहेको बताइन् ।

यस्तै भुसालले सालझण्डी ढोरपाटन सडक रेखांकन स्व. कासिनाथ गौतमले गरेको भन्ने सत्यता बाहिर आएपछी भ्रम फैलाउने तत्व अत्तालिएको समेत बताइन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (14%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (86%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?