आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको सामान्य  प्रभावका कारण सोमबार बदली हुनुका साथै हल्का वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राजधानी काठमाडौंमा बिहान बदली रहे पनि अहिले केही खुलेको छ । दिउँसो पुनः बदली रहनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना छ। मौसमविद् मञ्जु वासीले तराई क्षेत्रमा आज हल्का बदली रहे पनि वर्षाको सम्भावना नरहेको जानकारी दिइन्।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। रातिको समयमा देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

सोमबार काठमाडौंको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहनेछ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?