अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा उम्मेद्वार टाेपबहादुर रायमाझीले सुरू भएका याेजना पूरा गर्न आफुलाइ विजयी बनाउन मतदातालाइ आग्रह गरे ।
१५ वर्षमा अगाडि ठुलापाेखरा,छत्रगन्ज,केरूङगा लगाएत छत्रदेव गाउँपालिकाे अवस्था कस्ताे थियाे आज कस्ताे छ हेर्न आग्रह गर्दै पुल नभएका पुल र सडक नपुगेका ठाउँमा सडक पुयाईएकाे बताए ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले बृद्वभत्ता एमालेले सुुरू गरेकाे एमालेकै सरकारले बृद्वि गरि ४ हजार पुयाएकाे बताउदै यसलाई दाेव्वर बृद्वि गरि ८ हजार बनाउने बताए ।
विगतका विकासका याेजनालाइ निरन्तरता दिन पनि विजयी हुन आवश्यक रहेकाे बताउदै समृद्ध अर्घाखाँचीकाे लागि सुर्य चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरे ।
