spot_img
spot_img

लामो संघर्षबाट बनेको संविधान र मुलुकका उपलब्धि खारेज गर्नेलाइ जिताए देशले हार्नेछ : भुसाल

गोपालप्रसाद भट्टराई,
अर्घाखाँची । बामलोकतान्त्रीक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसालले अहिलेको चुनावमा आफुहरुको जित नै संविधानको जित हुने भन्दै निर्धक्क भएर भोट दिन अपिल गरेकी छन् ।

५ दलिय गठबन्धन निर्वाचन प्रचारप्रसार समिति अर्घाखाँचीको आयोजनामा आज मालारानी गाउँपालिका वार्ड नम्बर १ को मरेङ्ग,२ को अर्घातोष,३ को खनदह,४ को खनका विभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो अपिल गरेकी हुन् । काङ्ग्रेस केन्द्रिय सदस्य समेत रहेकी प्रतिनिधिसभा सदस्य भुसालले ६ दशक लामो संघर्षबाट बनेको संविधान र मुलुकका उपलब्धि खारेज गर्नेलाइ जिताए देशले हार्ने बताइन ।

Workplace

संविधानको सहि कार्यान्वयन गर्दै दीगो विकास गर्ने जिम्मा गठबन्धनको काधमा आएको दाबी गर्दै नेत्री भुसालले आफुहरुले जितेपछि अर्घाखाँचीमा वास्तविक विकासको सुरुवात गर्ने वचन दिएकी छन् ।

यस्तै बामलोकतान्त्रीक गठबन्धनको तर्फबाट प्रदेशसभा क का साझा उम्मेदवार सागर के।सी।ले अहिलेका एमालेले १५ बर्षमा गर्न नसकेको काम अढाई बर्षमा गर्ने उदघोष गरेका छन् । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य समेत रहनुभएका उम्मेदवार के.सी.ले दल,गुट,समूह र व्यक्तिगत स्वार्थमा राज्यको ढुकुटी सकिदा जिल्ला पछाडी परेको आरोप लगाउदै आफुहरुको जित नै सिङ्गो अर्घाखाँचीको जित हुने धारणा व्यक्त गरे ।

May be an image of 7 people, people sitting, people standing and outdoors

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता रेवती प्रसाद भुसालले दुई तिहाईको सरकार ढालेर संसद र संविधानमाथी आक्रमण गर्नेलाई परास्त गर्नु अहिलेको आवश्यकता रहेको बताए। पुर्व मन्त्री समेत रहेका नेता भुसालले अर्घाखाँचीबाट प्रतिगमनको प्रतिनिधित्व गर्नेलाई नभै गठबन्धनलाई मत दिन उनले जिल्लावासीलाई आग्रह गरे ।

काङ्ग्रेसका अर्का नेता डाक्टर राम बहादुर वि।सी।ले राष्ट्रिय आवश्यकताले गठबन्धन बनेको ब्रीफिङ्ग गर्दै गठबन्धनका उम्मेदवारलाई इमानदारीपुर्वक भोट दिएर जिताउन आग्रह गरेका छन्। एमालेको भ्रम र झुठो आश्वासनबाट मतदाता नझुक्किएमा गठबन्धनको जित शुनिस्चित रहेकोे उनको भनाई छ ।

May be an image of 9 people, people sitting, people standing, tree and outdoors

नेपाली काङ्ग्रेसका नेता बालकृष्ण पाण्डेले आसन्न निर्वाचन पछीपनि गठबन्धनको सरकार बन्ने जिकिर गर्दै अर्घाखाँचीका आम जनताले महसुस गर्नेगरी विकास हुने विश्वास व्यक्त गरे। नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुर कुमार विक किशोरले प्राप्त उपलब्धिको संरक्षण गर्दै मुलुकलाई दिगो विकासको दिशामा लैजान गठबन्धनको जित आवश्यक रहेको बताए ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले प्रतिगमनका मोतियारलाई उठ्नै नसक्ने गरि पल्टाउन आफ्नो समर्थन सागर के।सी।लाई रहेको स्पष्ट पारे । नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य गोकर्ण थापाले जनतालाई गफले रनभुल्ल पार्नेहरुले देशलाई उदोगतीमा लगेको आरोप लगाएका छन । नेसपाका जिल्ला इन्चार्ज समेत रहेका नेता थापाले प्रतिगामीलाई परास्त नगरे अर्घाखाँची विकासमा पछाडि पर्ने भन्दै गठबन्धनलाई जिताउन अपिल गरेका छन ।

May be an image of 9 people, people standing, people sitting and outdoors

गठबन्धनको तर्फबाट काङ्ग्रेस नेता बिष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ,नेता तारा श्रेष्ठ,नेत्री निर्मला क्षेत्री,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के।सी।,माओवादी केन्द्रका नेता देव बहादुर खड्का,देव बहादुर रायमाझी लगायतको सहभागीता रहेको अभियानमा स्थानीयले उत्साहपुर्वक स्वागत गरेको आयोजकले दाबी गरेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?