अर्घाखाँची । नेकपा एमालेका सचिव तथा अर्घाखाँची प्रतिनिधिसभाका उम्मेदार टोपबहादुर रायमाझीले चुनावपछि गठबन्धन टुक्रा टुक्रा हुने दाबी गरेका छन् ।
सोमबार अर्घाखाँचीमा पत्रकारहरुसंग कुरा गर्दै रायमाझीले गठबन्धनमात्र नभइ त्यहाँका सबै पार्टी टुक्रा-टुक्रा हुने दाबी गरे ।



उनले गठबन्धन लक्ष्यविहिन, एजेण्डाविहिन, उदेश्यविहिन भएको आरोप समेत लगाए । उनले गठबन्धन आफु आफैमा कसको बिचार कसले मान्ने भन्नेमा हानथाप रहेको बताउँदै गठबन्धन अस्तित्वको रक्षामा रहेको बताए । उनले गठबन्धन भित्र शक्तिसन्तुलन मिलाउन समस्या रहेको ठोकुवा गर्दै भने,’त्यहाँ शक्तिसन्तुलन मिलाउन गाह्रो छ । एक्लो पार्टीमा त शक्तिसन्तुलन मिलाउन गाह्रो हुन्छ । पाँच दलमा कति गाह्रो होला ।’
रायमाझीले गठबन्धन कक् टेल जस्तो भएको समेत बताए । उनले गठबन्धन लट्टे खुँदो मिलाएको जस्तो भन्दै बिचार एजेण्डा बोकेको एकमात्र पार्टी एमाले भएको बताए । उनले अबको चुनावपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेत्रृत्वमा सरकार भन्ने ठोकुवा समेत गरे ।
उनले अर्घाखाँचीको प्रदेशसभा र प्रतिनिधिसभामा अत्याधिक मतले जित्ने बताए ।
