सन्धिखर्क। अर्घाखााचीको सन्धिखर्क नगरपालिकाले कृषकहरुलाई उन्नत जातको गहुँको बिउ बितरण गर्न शुरु गरेको छ ।
सन्धिखर्क नगरपालिका भित्र रहेका कृषकहरुको मागका आधारमा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा र मूल बिउ ७५ प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बिउ बितरण गर्न शुरु गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

कृषकहरुलाई गहुँको बिउ बितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले कृषिमा आधुनिकीकरण, ब्यबसायीकरण गरेर कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार बनाउन सन्धिखर्क नगरपालिका लागि परेको जानकारी दिए । उनले ब्यबसायीक रुपमा कृषि पेशा गर्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्ने बताए ।
कृषकको मागका आधारमा कृषि फर्म, कृषि सहकारी, कृषि समुह मार्फत कृषकहरुलाई उन्नत जातको गहुँको बिउ बितरण शुरु गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिए ।
