अर्घाखाँची । पूर्वउपसभामुख तथा नेपाली कांग्रेसका नेता पुष्पा भुसालले नेपालकै सबैभन्दा ठुलो शितगंगा नगरपालिकाको विकासका लागि विशेष क्षेत्र बनाउने बताएकी छन् ।
शितगंगा नगरपालिका १२ को रजियामा भएको आयोजित चुनावी कार्यक्रममा नेतृ भुसालले भौगोलिक अवस्थाले जटिल रहेको शितगंगालाई विशेष क्षेत्र बनाएर विकासका नमूना कार्यक्रम बनाइने बताइन ।

अर्घाखाँचीमा सुविधा सम्पन्न कलेज र प्राविधिक विषय पढाइ हुने कलेज खोल्ने उनको प्रतिबद्धता छ । युवालाई कृषि, पशुपालन र पर्यटनको माध्यमबाट स्वरोजगार बनाइने उनले बताइन ।
