spot_img
spot_img

लुम्बिनी प्रदेशको राजधानी बुटवल ल्याउछु भनेका पौडेललाई पोखरेलको जवाफ : सम्झीने पानी छम्कीने

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त नसर्ने बताएका छन् ।

केही दिनअघि एक टेलिभिजन कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको राजधानी दाङबाट बुटवल नै ल्याउने बताएका थिए ।

Workplace

दाङमा आज आइतवार भएको एक कार्यक्रममा पौडेलको जवाफ दिँदै महासचिव पोखरेलले संविधानले राजधानी दुई पटक सार्ने विषय उल्लेख नगरेकाले दाङबाट राजधानी अन्त नसर्ने बताएका हुन् । ‘हामी दङ्गालीले दाङमा प्रदेश राजधानी ल्याउन माग गर्‍याैँ, आन्दोलन पनि गर्‍याैँ । कांग्रेस र माओवादीको सरकार भएको बेला उनीहरूले बुटवल तोकेका थिए, म मुख्यमन्त्री भएपछि दाङमा सारेका छौँ । अब कसले के बोल्छ भन्ने चिन्ता नलिनुहोस् । राजधानी दाङमा तोक्ने काम भइसक्यो । कार्यालयहरू सार्ने काममा ढिला भएको हाे, अब सार्ने काम पनि चाँडै सकिन्छ’, पोखरेलले भने ।

महासचिव पाेखरेलले कहाँ कसले के बोल्छ भन्ने विषयमा सरोकार नराख्न भन्दै दाङमा कायम भएको राजधानीलाई व्यवस्थित सहर बनाउने योजना भएको पार्टीलाई मतदान गरेर विजयी बनाउन आग्रह गरे ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?