काठमाण्डाै । भक्तपुरमा आगलागी हुँदा जलेर एक जनाको ज्यान गएको छ । एक जनाको भने उद्धार गरिएको छ ।
अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिसबाट पीडित थिइन् । यस्तै, आगलागीबाट घाइते भएकी हरिशरण केसीकी १४ वर्षकी छोरी नित्माको भने कोरियन अस्पतालमा उपचार भइ डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । बिहान पौने ८ बजे लागेको आगो प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा झण्डै ९ बजे निभ्याइएको थियो । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
