अर्घाखाँची । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यले २०७२ सालमा जारी भएको संविधान च्यात्न थालेपछि ५ दलिय गठबन्धन बनेको बताएका छन् ।
रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले सन्धिखर्कमा गरेको साक्षात्करमा नेता आचार्यले गणतन्त्र विरोधीहरु सलबलाएपछि संविधानको रक्षाका लागी नै गठबन्धन दल बनेको बताए ।

५ दलिय गठबन्धन दल सत्तामा पुग्नको लागी नभई ३ करोड नेपालीको संविधान जोगाउँनका लागी एकै ठाउँमा उभिएको बताएका छन् । मध्यरातमा राष्ट्रयपतिकोमा प्रधानमन्त्री पुगेर संसद विघटन गर्ने, संविधान मास्ने काम भएकाले सडकमा आन्दोलन गरेर संविधान जोगाउँन बनेको गठबन्धनले निरन्तरता दिएको बताए ।
देशभरमा गठबन्धनको दुईतिहाई अगाडीको जित देशभरमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँने नेता आचार्यले बताए । खुट्टा नढोेगेका कारणले भिम रावल र घनश्याम भुसालले टिकट पाएनन् लोकतन्त्रमा ओली बाहेक अरु प्रधानमन्त्रीको उम्मेदवार भन्न नपाईने कस्तो लोकतान्त्रिक पार्टी हो ।
संविधान भन्दा माथी ठान्ने कस्तो पाटी हो, एमाले भन्दै प्रश्न गरेका छन् । अर्घाखाँचीमा प्रतिनिधी सभा सदस्यमा पुष्पा भुसाल, प्रदेश सभा (क) मा सागर केसी, प्रदेश सभा (ख) मा कमल भुसालको जित सुनिश्चित रहेको बताए ।
