दोस्रो एकदिवसीय क्रिकेटमा यूएईले नेपाललाई १ सय ९२ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४३ ओभर २ बलमा १ सय ९१ रनमा अलआउट भयो । यूएईका मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतक बनाए ।
नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । श्रृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ । अस्ति सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । योसँगै तीन एकदिवसीय खेलको श्रृंखलामा यूएईले १–० को अग्रता बनाएको छ । आजको खेल जिते यूएईले श्रृंखला जित्नेछ । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल शुक्रबार हुनेछ ।
