काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार कलाकारलाई बालुवाटारमा बोलाएर चुनावको सन्दर्भमा कुराकानी गरे । चुनावलाई सफल बनाउन कलाकारको भूमिका महत्वपूर्ण हुने उनले बताए ।
अन्तरक्रियामा प्रधानमन्त्री पत्नी आरजु राणा पनि सहभागी थिइन् । त्यस अवसरमा फिल्म र संगीत क्षेत्रको वर्तमान अवस्थाबारे पनि छलफल भयो ।

तर उक्त तस्वीरलाई लिएर आफूले खुबै गाली खाएको एलिना बताउँछिन् । उनी भन्छिन्, ‘म कुनै पार्टी र चुनावको भन्दा पनि देशको प्रधानमन्त्रीले बोलाएर गएकी थिएँ । त्यो खुसीमा मैले फोटो खिचेर हाल्दा धेरै गाली पनि खाएँ । प्रधानमन्त्री र आरजु म्यामले सिधै हामीसँग कुरा गर्नुभयो । आरजु म्यामको बारेमा बाहिर जति पनि कुरा सुनेको थिएँ, उहाँलाई भेटेपछि ती सबै कुरा गलत रहेछ भन्ने लाग्यो ।’
