काठमाडौं । अभिनेत्री केकी अधिकारीले काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । यसअघि कुनै पनि राजनीतिक खेमामा नखुलेकी केकीले आफूलाई कांग्रेसको पक्षमा उभ्याएकी हुन् ।
केकीले भोट मागेको भिडियो सन्देशलाई गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा केकीले सफल राजनीतिज्ञको रुपमा गगनको उदय होस् भन्ने अपेक्षा व्यक्त गरेकी छन् ।

गगनबारे केकी भन्छिन्, ‘राष्ट्रप्रतिको निष्ठा, जनताप्रतिको सेवाभाव र इमान्दारिता, संसदप्रतिको लगाव प्रशंसनीय छ । कोभिड महामारीको समयमा उहाँले म र मेरा शुभचिन्तकको प्रश्नको जवाफ दिनुभएको थियो ।’
केकीले समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आवाज उठाउँदै आएकी छन् ।
