काठमाण्डाै । नेपाल टेलिकमको आम्दानी बढेको छ भने नाफामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार साउनदेखि असोजसम्म टेलिकमको आय ११ अर्ब चार करोड ९० हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा आठ करोड ७७ लाख ४३ हजार रुपैयाँले धेरै हो ।
भ्वाइस सेवाको प्रयोग घट्दो र मोबाइल डाटा किन्नेहरू बढ्नु, अरू कम्पनीमा हुने अन्तर–आबद्धता कल घट्नु, मौसम प्रतिकूलताका कारण बिजुली आपूर्तिमा कमी आएर सेवा प्रभावित हुनु लगायतका कारण नाफामा कमी आएको टेलिकमले जनाएको छ ।
