काठमाडौं । पर्सामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका १५ हजार मतपत्रसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहारस्थित चम्पारन नरकटिया ग्रामपंचायत वडा नम्बर ४ का ४० वर्षीय इजाजत अहमद छन् ।
पर्सा प्रहरीका अनुसार उनलाई हिजो पक्राउ गरिए पनि आजमात्रै सार्वजनिक गरेको हो । प्रहरीका अनुसार जगरनाथपुर गाउँपालिका–२ दशौतास्थित सडकखण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल आउँदा प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा उनी मतपत्रसहित पक्राउ परेका हुन् ।

मोटरसाइकलमा रहेको बोरामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका १५ हजार मतपत्र फेला परेको प्रहरीले जनाएको छ ।
