spot_img
spot_img

युएईविरुद्ध नेपाल ३ विकेटले विजयी

काठमाडौं । काठमाडौंमा जारी एकदिवसीय शृंखलामा नेपालले आफ्नाे पहिलाे जित निकालेकाे छ। युएईलाई ३ विकेटले हराउँदै जारी प्रतियाेगितामा नेपालले पहिलाे जित निकालेकाे हाे। १ सय ९२ रनको लक्ष्य पछ्याएको नेपालले ४८ औँ ओभरमा ७ विकेट गुमाउँदै जित हात पारेको हो।

नेपालका लागि गुलसन झाले सर्वाधिक ३७ रनको पारी खेले। ४९ बलको सामना गरेका उनले १ छक्का र ४ चौका प्रहार गरेका थिए। त्यस्तै कुशल भुर्तेलले ५२ बलमा ६ चौका प्रहार गर्दै ३५ रन बनाए। यी बाहेक आरिफ शेखले अभिजित ३३ रन बनाए।

Workplace

युएइका लागि रोहन मुस्ताफाले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा २४ रन खर्चिँदै नेपालको महत्वपूर्ण तीन विकेट लिएका थिए। त्यस्तै हजरत विलालले २ तथा बसिल हमिदले १ विकेट लिए।

टस जितेर पहिलो ब्याटिङ गरेको युएईले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९१ रनको योगफल बनाएको थियाे। युएईका लागि मोहम्मद वसिमले अर्धसतकिय पारी खेलेका थिए। ४५ बलको सामना गरेका उनले ४ छक्का र ३ चौकाको मदतले ५० रन बनाएका हुन्। वसिम बाहेक युएईका आलिसान सराफुले ३५, व्रित्य अर्विन्दले २५ र वसिल हमिदले २४ रनको पारी खेले।

नेपालका लागि ललित सिंह राजवंशी र सोमपाल कामीले समान ३३ विकेट लिए। राजवंशीले १० ओभरमा ४१ रन खर्चिएका थिए भने ७ दशमलव  २ ओभरमा ३५ रन दिएका थिए।

नेपाल र युएइबिच भइरहेकाे शृ‌ंखलामा यसअघिकाे खेल युएइले जितेकाे थियाे। दुवै देशले एकएक खेल जिति बराबरीकाे अवस्थामा रहेका छन्। प्रतियाेगिताकाे निर्णायक तथा अन्तिम खेल शनिबार हुँदैछ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?