अर्घाखाँचीमा निर्वाचनको तयारी पुरा, मतदानस्थलमा खटिए १६ सय १८ कर्मचारी

अर्घाखाँची । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित सम्बन्धित मतदानस्थल पठाइएको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिए ।

३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको जिल्लामा ९७ मतदानस्थल, २ सय २ मतदान केन्द्र र १ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । एकवटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैंदीले मताधिकार प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले जानकारी दिए । कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ ।

निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्माचारी, जनपथ र म्यादी गरी दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने डिएसपि मुकुन्द रिजालले जनारी दिए । यस्तै १ हजार ६ सय १८ जना कर्मचारी खटिने छन् ।

आसन्न निर्वाचनमा अर्घाखाँचीका एक लाख ६४ हजार सात सय ७८ मतदाताले मताधिकार उपयोग गर्ने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीकाका सूचना अधिकारी रबि अर्यालले जानकारी दिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टिबीच चुनावी तालमेल भएको जिल्लामा वामलोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतको आधारमा वामलोकतान्त्रिक गठबन्धनको ५३ हजार ६ सय ४५ मत तथा एमालेको ४८ हजार १ सय २ मत रहेको निर्वाचन आयोगको तथ्याङमा उल्लेख छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?