spot_img
spot_img

नेपालले जित्यो युएईविरुद्धको एकदिवसीय सिरिज

काठमाडौं । नेपालले युएईविरुद्धको तीन एक दिवसीय सिरिजको उपाधि जितेको छ । शुक्रबार भएको अन्तिम तथा निर्णायक खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज २-१ ले जितेको हो ।

सोमबारबाट सुरु भएको सिरिजमा पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा तीन ६ विकेटको जित निकालेको थियो ।  शुक्रबार टियु क्रिकेट मैदानमा भएको तेस्रो खेलमा युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखले अर्धशतकिय पारी खेले । मल्लले ७३ बलमा ७ चौका र ३ छक्काको मद्धतमा ६४ रनको योगदान गरे । शेखले नटआउट रहँदै ११९ बलमा १२ चौकाको मद्धतमा ८८ रन बनाए । अर्का ओपनर अर्जुन साउदले ९ रनमै आउट भए । 

कप्तान रोहित पौडेल १० रनमा रनआउट भए ।  युएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । युएईका लागि हजरत बिलाल र आयान अफजल खानले उत्कृष्ट साझेदारी गरे । एक समय ३१.१ ओभरमा ९३-९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै अविश्वसनीय पूनरागमन गराए ।

Workplace

बिलालले २० रन बनाउँदा खानले ५४ रनको योगदान गरे । ओपनर मोहम्मद वसीमले ११ रन बनाउँदा वृत्य अरविन्द शून्यमै आउट भए । सीपी रिजवानले ४, रोहन मुस्तफाले २४, अलिशान शराफुले ३३, बासिल हमिदले ८, विष्णु सुकुमारनले २ रन बनाए । अहमद रजा र जहुर खान शून्यमै आउट भए । नेपालका बलरहरुले उत्कृष्ट बलिङ गरे । गुलसन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिएका छन् । ललित राजवंशी र सोमपाल कामीको नाममा एक/एक विकेट रह्यो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?