अर्घाखाँची । आज भइरहेको प्रदेश सभा र प्रतिनिधि सभाका निर्वाचनमा अर्घाखाँची जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको जिल्लामा ९७ मतदानस्थल, २ सय २ मतदान केन्द्र र १ वटा अस्थायी मतदान केन्द्र छन् ।
एकवटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैंदीले मताधिकार प्रयोग गरेका छन् । कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ । अर्घाखाँचीका एक लाख ६४ हजार सात सय ७८ मतदाताले मताधिकार उपयोग गर्ने छन् ।

