अर्घाखाँचीमा एमालेका रायमाझीको सुरुवाती अग्रता

अर्घाखाँची । अर्घाखाँचीमा मतगणना सुरु भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव टोपबहादुर रायमाझीले शुरुवाती अग्रता लिएका छन्।

एमालेको प्रभाव क्षेत्र मानिएको मालारानी गाउँपालिकाबाट सुरु गरिएको मतगणना अनुसार एमालेका रायमाझी ७ सय ६२ मतले अगाडी छन्। ताजा मतपरिणाम अनुसार कुल ३ हजार ८६४ मतगणना हुँदा रायमाझीको २ हजार २०२ मत र कांग्रेसकी पुष्पा भुसालको १ हजार ४०४ मत आएको छ।

यस्तै प्रदेशसभा क्षेत्र ‘क’ मा नेकपा एमालेकै चेतनारायण आचार्यको अग्रता छ भने प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका कमल प्रसाद भुसालले अग्रता लिएका छन्।

आइतबार भएको निर्वाचनमा अर्घाखाँचीमा ८९ हजार ५३१ मत खसेको थियो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?