अर्घाखाँची । अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव टोपबहादुर रायमाझी २ हजार २ सय ५९ मतले अगाडी रहेका छन् ।
एमालेको प्रभाव क्षेत्र मानिएको मालारानी गाउँपालिकाबाट सुरु गरिएको मतगणना अनुसार एमालेका रायमाझी २ हजार २ सय ५९ मतले अगाडी हुन्। ताजा मतपरिणाम अनुसार कुल १३ हजार ४ सय ८२ मत गन्दा मतगणना हुँदा रायमाझीको ७ हजार ७ सय ४५ मत र कांग्रेसकी पुष्पा भुसालको ५ हजार १ सय ८६ मत आएको छ।

यस्तै प्रदेशसभा क्षेत्र ‘क’ मा नेकपा एमालेकै चेतनारायण आचार्यको अग्रता छ भने प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका कमल प्रसाद भुसालले अग्रता लिएका छन्।
