काठमाण्डौ । प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले दुईलाख २० हजार मत कटाएको छ । पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २ लाख २० हजार ५१७ मत प्राप्त गरेको छ ।
माओवादी केन्द्रले ९१ लाख ९५५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१ हजार ७८८, जनता समाजवादी पार्टी, नेपालले १६ हजार ८४८, जनमत पार्टीले १६ हजार १७१, नेपाल मजदुर किसान पार्टीले १३ हजार ६१५ नेकपा (एकीकृत समाजवादी)ले ११ हजार ९५२, नागरिक उन्मुक्ति पार्टीले १० हजार २२६ र अन्यले ४५ हजार ९७८ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

