अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित सभा गृहमा प्रतिनिधि सभातर्फ प्रत्यक्ष मतपत्रको मतगणना गर्न सन्धिखर्क नगरपालिकाका विभिन्न मतदान केन्द्रका मतपेटिका भुइँमा खन्याइयो।
‘भुइमा मतपत्र आइसकेपछि मतगणनामा खटिएका कर्मचारीले मतपत्र मिलाउन थाले । त्यहाँ एक मतपत्र खाली थियो । सँगै एउटा कागज पनि थियो । कागजमा के रहेछ भनेर हेर्दा मतदाताले लेखेको पत्र नै पाइयो,’ जिल्ला निर्वाचन अधिकृत सुरेस भण्डारीले भने ।

मतपत्रमा लेखिएको थियो, ‘पटक पटक परीक्षण भएका नेतालाई कति भोट हालम । त्यसैले यो पटक कसैलाइ भोट नदिने निर्णय गरेँ । कुनै उम्मेदवारमा पनि राजनीतिक संस्कार पाइन ।’
