अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेपाली काग्रेसको तर्फबाट महाधिबेशनमा सभापतीका उपबिजेता ईन्द्रमणी पौडेलले राजिनामा दिएका छन् ।
मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भईसकेको छ । प्राप्त नतिजाअनुसार अर्घाखाँची जिल्लामा नेपाली कांग्रेस तथा गठबन्धन दलले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा क र ख मा नराम्रोसँग हार वेहोर्नुपर्यो । मुलुकभर नेपाली कांग्रेस लगायत ५ दलीय गठबन्धनको उत्साहजनक नतिजा आईरहदा अर्घाखाँचीको हारले जिल्लाको समग्र नेतृत्व प्रति व्यापक कमजोरी तथा असन्तुष्टि रहेको व्यहोरा सर्वविदितै छ।

मुलुकमा संविधानको रक्षार्थ, आर्थिक, सामाजिक र राजनीतिक स्थिरताका लागि बनेको गठबन्धन अर्घाखाँचीमा पनि कायम रही चुनावमा होमिदा समेत लज्जास्पद हारको पीडा भोग्नुपरेकोले आजैका मितिबाट म जिल्ला कार्य समितिको पदमा बसिरहन नैतिक हिसाबले उपयुक्त नभएकोले यसै पत्र मार्फत राजिनामा गर्दछु ।
५ दलीय गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस हुँदाहुदै पनि जिल्लामा अहमता, असहिष्णुता र अराजकताबाट आज यो हार वेहोर्नु पर्ने स्थितिको सिर्जना भयो । नेपाली कांग्रेस जिल्ला सभापति उप-बिजेताको हैसियतले लिनुपर्ने जिम्मा लिँदै म पदमा बसिरहन नैतिकताले नदिई हिनताबोध भएकोले यो राजिनामा गरेको छु । राजिनामा दिएतापनि नेपाली कांग्रेस पार्टीप्रति निष्ठावान र समर्पित भई संगठनको हित, आम कार्यकर्ता र जनताको दु:ख, सुखमा निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गर्दछु, विज्ञप्तिमा उल्लेख छ ।
