अर्घाखाँची : बिदाई भए म्यादी प्रहरी

अर्घाखाँची । अर्घाखाँची जिल्लामा निर्वाचन लक्षित खटिएका म्यादी प्रहरिहरुलाई बिदाइ गरिएको छ ।

आज बिहिबार एक कार्यक्रमका बिच जिल्लामा खटिएका म्यादी प्रहरिलाइ प्रमाणपत्र बितरण गर्दै बिदाइ गरिएको हो । बिदाइ कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले निर्वाचनलाइ स्वच्छ, शान्त र भयरहित ढंगबाट सम्पन्न गराउन सुरक्षाका हिसाबले खेलेको भुमिकाको प्रसंसा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले निर्वाचनको समयमा पुराएको योगदानको उच्च मुल्यांकन गर्दै धन्यवाद ज्ञापन गरेका थिए । यो अबधिको सिकाइले सम्पुर्ण म्यादी प्रहरिलाइ उज्जल भबिष्यको लागि समेत सहयोग पुराउने बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख डिएसपि मुकुन्द रिजालले म्यादी प्रहरीलाई धन्यवाद ब्याक्त गर्दै म्यादी प्रहरीको उज्ज्वल भबिष्यको कामना समेत गरेका थिए । यो अबधिमा म्यादी प्रहरीले धेरै कुरा सिकेको भन्दै आफ्नो स्थानमा हुने बिकृती र बिसंगती बिरुद्ध हातेमालो गर्नेमा आफू आशावादी रहेको बताएका थिए ।

अर्घाखाँची जिल्लामा १ हजार १ जना म्यादी प्रहरी खटिएका थिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?