अर्घाखाँची । यही मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फ बाजी मारेको नेकपा (एमाले) समानुपातिकमा पनि अगाडी देखिएको छ । अर्घाखाँचीको प्रतिनिधीसभा र प्रदेशसभामा ‘क्लीन स्वीप’ गरेको एमाले समानुपातिकमा समेत पहिलो भएको हो ।
प्रतिनिधीसभा समानुपातिकमा नेकपा एमालेले ३७ हजार ४५० मत प्राप्त गर्दै पहिलो भएको हो । नेपाली कांग्रेसले २६ हजार ८ सय ६५ मत पाउँदै दोस्रो स्थान हासिल गरेको छ । कांग्रेस एमाले भन्दा १० हजार ५८५ मतले पछी छ । ८ हजार ९५१ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको छ । नेकपा माओवादी केन्द्रले भन्दा १ हजार ६०९ मत बढी ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा तेस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले ७ हजार ३४२ मत ल्याउँदै चौथो भएको छ । यस्तै राष्ट्रिय जनमोर्चाले ५ हजार ३२७, नेकपा (एकिकृत समाजवादी) ले १ हजार ६७ मत ल्याएको छ ।

प्रदेशसभामा समेत नेकपा एमाले पहिलो भएको छ । प्रदेश समानुपातिकमा ३७ हजार ७३८ मत ल्याउँदै एमाले पहिलो बनेको हो । नेपाली कांग्रेसले २७ हजार २९८ मत ल्याउँदै समानुपातिक मतका आधारमा दोस्रो भएको हो ।
यस्तै नेकपा माओवादी केन्द्रले ८ हजार ३५६, राष्ट्रिय जनमोर्चाले ५ हजार ६२३, नेकपा (एकिकृत समाजवादी) ले १ हजार ३७६, राप्रपाले १ हजार २१० मत पाएका छन् ।
