काठमाडौं । चुनाव र विश्वकप फुटबलको माहोलबीच आज (शुक्रबार)देखि हलहरुमा सलोन बस्नेत स्टारर फिल्म ‘मिलन’ रिलिज भएको छ ।
टेक पौरखी राई निर्देशित फिल्मले मित्रताको कथा भन्छ । सलोनसहित डेब्यु कलाकारहरु कुशल ठकुरी र शिल्पा थापाको अभिनय छ । मित्रतामा युवतीको प्रवेशपछि आउने उतारचढाव यसको कथावस्तु हो ।

प्रिमियरमा पनि फिल्मको कथावस्तु र अभिनयपक्षको प्रशंसा भैरहेको छ । पाका निर्देशक तथा अभिनेता नीर शाहले फिल्मले दर्शकको ध्यान तान्न सक्ने बताइसकेका छन् ।
