काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
कतारमा जारी फिफा विश्वकप अन्तर्गत अहिले भइरहेको घानाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान बनाएका हुन् ।

उनले २००६, २०१० र २०१४ को विश्वकपमा १-१ गोल गरेका थिए भने २०१८ को विश्वकपमा ४ गोल गरेका थिए । विश्वकपमा रोनाल्डोको कूल गोलसंख्या ८ पुगेको छ ।
