रिचार्लिसनको दुई गोलमा ब्राजिलको विजयी सुरुवात

काठमाडौं । रिचार्लिसनले दुई गोल गरेपछि उपाधिको मुख्य दाबेदारको रुपमा कतार पुगेका ब्राजिलले फिफा विश्वकप फुटबलको पहिलो खेलमा सर्बियालाई २-० ले पराजित गरेको छ ।

समूह जी अन्तर्गत लुसे स्टेडियममा भएको खेलमा रिचार्लिसनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । पहिलो हाफमा सरब्याले ब्राजिललाई गोल रहित बराबरीमा रोक्न सफल भएको थियो । तर दोस्रो हाफमा रिचार्लिसन चम्किए । उनले ६२औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

त्यसको ११ मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गरे जुन आफैँमा उत्कृष्ट थियो । भिनिसियस जुनियरको पासमा पेनाल्टी बक्समा रहेका रिचार्लिसन त्यसलाई कन्ट्रोल गर्दै बाइसाइकल किकमार्फत गोल गरे ।
टोटनहमका फरवार्ड रिचार्लिसनले आर्सनलका गाब्रीएल जेसस र रियल मड्रिडका रोड्रिगोलाई पछि पार्दै पहिलो रोजाईँमा
खेलेका थिए र आफूलाई प्रमाणित समेत गरे ।

जितपछि ब्राजिल ३ अंक जोड्दै समूह जी को शीर्ष स्थानमा छ । सर्बिया अंकविहीन छ । यसै समूहको अर्को खेलमा क्यामरुनलाई हराएको स्वीट्जरल्याण्डको पनि ३ अंक नै छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?