अर्घाखाँची । यही मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा अर्घाखाँचीबाट राष्ट्रिय स्वतन्त्र पार्टि तेस्रो दल बनेको छ ।
जिल्लामा कुनै संगठन बिना ८ हजार ९५१ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको हो । संगठनका हिसावले राम्रो मानिने नेकपा माओवादी केन्द्रले भन्दा १ हजार ६०९ मत बढी ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा तेस्रो दल बनेको छ ।

प्रतिनिधीसभा समानुपातिकमा नेकपा एमालेले ३७ हजार ४५० मत प्राप्त गर्दै पहिलो भएको छ । नेपाली कांग्रेसले २६ हजार ८ सय ६५ मत पाउँदै दोस्रो स्थान हासिल गरेको छ । कांग्रेस एमाले भन्दा १० हजार ५८५ मतले पछी छ ।
