भारतीय सेयर बजार नयाँ उचाईमा पुगेको छ । बम्बे स्टक एक्सचेञ्ज (बीएसई) सेन्सेक्स अहिलेसम्मकै नयाँ उचाईमा पुगेको हो । पछिल्लो ५२ हप्ता यताको उच्च विन्दुमा पुग्दै सेन्सेक्स ६२ हजार २९३ अंकमा पुगेको छ ।
हिजो २५ नोभेम्बरमा एकैदिन २०.९६ अंकले बढ्दै बीएसई परिसूचक अहिलेसम्मकै नयाँ उचाईमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसक्रममा हिजो बीएसई ०.०ं३ प्रतिशतले बढेको थियो ।

पछिल्लो समय अर्थतन्त्र लयमा आउन थालेसँगै भारतीय सेयर बजार परिसूचक निरन्तर बढिरहेको छ । यस्तै, भारतकै अर्को सेयर बजार परिसूचक नेश्नल स्टक एक्सचेञ्ज (निफ्टी) समेत उकालो लागेको छ । हिजो एकैदिन १८ अंकले बढेसँगै निफ्टी १८ हजार ५१२ अंकमा पुगेको छ ।
