spot_img
spot_img

सातामा ३०० ले घट्यो सुनको मूल्य, चाँदी बढ्यो

यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ओरालो लागेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ३०० ले घटेर ९७ हजार ८०० रूपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ३०० रूपैयाँ छ ।
यो साताको सोमबार तोलामा ६०० रूपैयाँले घटेको थियो । यस्तै, मंगलबार ३०० ले घटेको सुनको मूल्य बुधबार ४०० ले घटेको थियो । यस्तै, बिहीबार १००० रूपैयाँ प्रतितोलाले बढेको सुनको मूल्य शुक्रबार स्थिर रहेको थियो ।

Workplace

साता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ८० रूपैयाँ थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १२ सय ९५ रूपैयाँ पुगेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?