कर्णाली प्रदेशका १२ वटै प्रतिनिधि सभा क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। अन्तिम परिणाम आउँदा नेकपा (एमाले) ले यो प्रदेशभरिबाट प्रतिनिधि सभा जित हात पार्न सकेन्।
पाँच वर्षअघि सुर्खेतका २, दैलेखका २ सहित डोल्पा, मुगुबाट प्रतिनिधि सभा सदस्य जितेको एमाले यसपालि फेरिएको गठबन्धन र पार्टी विभाजनले शून्यमा खुम्चिएको हो।

हेर्नुस् कर्णालीमा कहाँ कसले जिते
सल्यान- प्रकाश ज्वाला (एकीकृत समाजवादी)
सुर्खेत १- पूर्णबहादुर खड्का (कांग्रेस)
सुर्खेत २- हृदयराम थानी (कांग्रेस)
