spot_img
spot_img

आफ्नी प्रेमीकालाई कमल घिमिरेकाे अन्तिम पत्र

बढो अजिबको छ यो समयको खेल पनि,जो अन्जान थियो उसलाई आज जिन्दगीको यस्तो हिस्सा बनाइदियो, जसलाई न त पाउन सक्छु न त गुमाउन नै।
प्रिय मान्छे,
आरामै छौ होला भन्ने कामना गरे
अब सातै जुनि तिमिसङ्ग भेट हुने छैन भनेर टाढिएको मान्छे आज एक्कासि किन यसरी सम्बोधन गर्दै छ भन्ने लागेको छ भने सर्वप्रथम त मलाई माफ गर । बिगतमा भविष्यका लागि सङ्गालेका मनभित्रका ती पुराना आसाहरु फेरिनै मानेनन्।

अनि तिमी आफै भन न कहिल्यै पूरा हुन नसकेर काटिएका मेरा बिश्वासहरुलाइ कसरी सम्झाउनु,कसरी भन्नू मेरो त्यो अधुरो सपनालाई अब तँ कहिल्यै पूरा हुन सक्दैनस भनेर, हुन त मनले महसुस गरेका सबै कुराहरु शव्दमा समेट्न त्यति सजिलो कहा छ र ? र पनि मनका हरेक चोटहरुको दुखाइ कतै पोख्ने मन लाग्यो अनि यहि ईन्टरनेट सेवाको साहारा मार्फत फेसबुकको भित्तामा झुन्ड्याउन मन लाग्यो मनका बहहरु ।

Workplace

प्रिय मान्छे,
भन्न त भनेको थिए अब कहिल्यै सम्झने छैन भनेर तैपनि यो मन यत्तिकै कहाँ मान्थ्यो र तिमिलाई भुल्न साच्चिकै प्रेमको मामिलामा मन कुकुरको पुच्छर जस्तै हुन्छ भन्थे मरिगए नसुल्झिने हो रहेछ।

प्रिय,
हातमा बिझेको काडा पो सियोले निकाल्न सकिन्छ मनमा बिझेको काडा खै कसरी पो निकाल्नु, तिमी सायद कल्पना पनि गर्न सक्दैनौ तिम्रो अनुस्पस्थितिमा मैले भोगेका कहालीलाग्दा एकान्ताका क्षणहरु, कहि पढेको थिए केही मानिहरु यस्ता हुन्छन् जसलाई माया नगर्नु,सम्भव हुदैन । उनिहरु आफुप्रति उदार नहुन सक्छन तर आफु चै उनिहरुप्रति कठोर बन्न सकिँदैन रैछ१ू सायद यस्तै भयौं तिमी पनि मेरो लागि,मनदेखि भरपुर चाहाना हुदाहुदै पनि आफ्नो बनाउन सकेन् मैले तिमिलाई।

थाहा छैन त्यो कुन चिज थियो जसले हाम्रो मिलनलाई भन्दा बिछोडलाई बढि सार्थक बनाउन्थ्यो। तर मैले बुझेको कसैको स्मृति,मात्रै पनि कवज बन्न सक्दो रैछ कसैका लागि, बिताएर पनि नबिताए जस्तै लाग्ने यी बर्षायामका रातमा बत्ति निभाएर म एउटा बन्द कोठाभित्र आभाष गरिरहेछु, जिन्दगीलाई अनि हाम्रो सम्बन्धलाई, झ्यालबाहिर अध्यारो शहर पानिका थोपाहरुसङ्गै भिजिरहेछ,सङ्गै भित्र मेरो मनमा त्यो स्मृति चुपचाप दुखिरहेछ,यो बन्द कोठाभित्र नचाहादा नचाहादै पनि त्यो बिगत कोट्टाइहरन मन लाग्छ। चारैतिरबाट एउटा प्रखाल उठ्छ उदासिको त्यो उदास चकमन्नतामा म आफू कुनै उदासिको पिन्जडामा थुनिएको पक्षी जस्तै लाग्छ ।

अनि मनमा थुप्रै अशान्तिका किराहरु दौहिरहन्छन, चित्त ठेगानामा छैन, छातिभित्र पीडा र बेदनाको ठुला ठुला फोकाहरू उठिरहेका छन। मुटुमा तिखो तिरले घोचेजस्तै हुन्छ, दुख्छ,।मन भक्कानीएर आउन्छ। भुलाउन खोज्छु। एकछिन डाको छाडेर रुन मन लाग्छ,तर सक्देन । मान्छेहरू भन्ने गर्छन पीडा के हो।रु कसले देखेको छ पिडालाइ ? साच्चिकै कहिलेकाही यस्तो लाग्छ पिडाको चित्र बनाउने हो भने पनि मेरो नै अनुहार बन्दो हो।।

प्रिय मान्छे,
कसैले छाडेर जादैमा उसका यादहरुले कहाँ छाड्ने रैछन र।अनि ती यादहरुलाइ सजिलोगरी कहाँ पन्छ्याउन सकिने रैछ ररु अचेल कुनै फिल्म हेर्दा फिल्मको नायिका पनि तिमिजस्तै लाग्छ।तिम्रो जस्तै नाम लिएर संचालन गरीएका केही होटल या संस्था देख्दा पनि आखाभरी तिम्रै अनुहार नाचिरहन्छ। बाटो तथा कलेजमा कोहि केटि मान्छे देख्यो कि तिम्रै अनुहारको आकार कल्पिन थाल्छ यो मन। तिमिसङ्ग फोन गरेर बिताएका ती ठाउँहरु देख्दा, बाटोहरु हिड्दा, यात्रा गर्दा पनि तिम्रा यादले तर्साइरहन्छ।

हिजोआज सपनामा आउन थालेको छौ तिमी तर सपना साकार न हुदै बिहान हुन्छ कति रहर हरु त मन मै बलिदान हुन्छन मस्तिष्कमा अनेक नकारात्मक बिचारहरु आउन थाल्छन।

कहिलेकाही त आत्महत्या नै गर्दिउ कि जस्तो पनि लाग्छ तर म यति लाचार सिद्ध भए कि न बाच्ने कारण भेटाउन सके न मर्ने हिम्मत जुटाउन नै अचेल एकान्त अनि एकान्तमा पनि उदासि गित अौधि मनपन लागेको छ । अनि म रोएको पनि थाहै नपाई रोहिरहेको हुन्छु। आजकाल समाजिक संजालतिर कसैले प्रेम बिछोडको बारेमा समेटेर रचना राख्दा पनि मलाई खुव मनपर्छ आजसम्म कहिल्यै हात समेत नलगाएका चुरोट, रक्सि दिर्घ रोगिले सेवन गर्ने नियमित अौसधि जस्तै बनेका छन मेरा लागि एकपल छुट्न नसक्ने साथि जस्तै भएका छन, तिमिसङ्ग बन्न नसकेको सम्बन्धको ठूलो प्वाल टाल्न खोज्दा खोज्दै आफु जताततैबाट चुहिने भएको पत्तै भएन, म आफु एक्लै अनेक स्वरमा युद्ध गरिरहेको छु। एउटा युद्ध बिगत र बर्तमानसङ्ग, एउटा युद्ध मेरो मस्तिष्क र मनसङ्ग, एउटा युद्ध तिमी र मसङ्ग, समग्रमा म आफैसङ्ग अनि यो मेरो जिन्दगीसङ्ग लडिरहेछु । मेरो आन्तरीक र बाह्य संचारहरबिच कुनै संगति छैन,यस्तै आत्मसघंषका घात प्रतिघातहरुबिच म रक्ताम्य भैरहेछु,

प्रिय मान्छे
यो मध्यरातको सुनसान शहरभित्र यो मेरो हृदयको गहिरो उपत्यकामा टाढा टाढासम्म तिम्रो नामको अनुगुन्ज भैरहन्छ, अचेल मध्यतारसम्म पनि मलाई निद्रा लाग्दैन। बस् यत्तिकै सोच्ने गर्छु,। हाम्रा चाहानाहरु किन त्यति अस्पस्ट भएरु जति प्रयास गरेपनि तिनको कुनै अनुहार बन्न नसक्ने,म सङ्ग तिम्लाई भन्नू केहि छैन। न त कुनै गुनासो नै छ।मात्रै यत्ति जान्न मन लाग्यो किन प्रिय, किन, के अपराधको सजाय भोग्दै छु म, आखिर के गल्ती गरे र यति पीडा भोग्नु परिराछ मलाई, तिम्रो यो नियम कस्तो, ए भगवान् मलाई यत्ति शक्ति देउ उसलाई गुमाएर उसलाई भुलेर पनी म सहन सकु,सामना गर्न सकु

ओइ भन न,,
के साच्चिकै तिम्रो र मेरो सम्बन्ध केही दिन समय बिताउनको लागि गरेको सम्झौता मात्रै हो त ? के साच्चिकै हामिबिच कुनै प्रेम थिएनरु यदि थियो भने के यस्तै अस्पस्ट चाहाना र आत्मसंगतले पिटिएको भग्न मन लिएर काकाकुल झै कसैको बियोगमा बिक्षिप्त भै जीवन र मृत्युको दोसाँधमा छट्पटाउदै भौतारीनु नै प्रेम हो त? हुन त मलाई थाहा छ म प्रेम बाहेक पनि अरु थुप्रै कार्यको लागि जन्मिएको हु, मेरो पनि परिवार छ, साथि छन, समाज छ,अनगिन्ती इच्छा छन, उदेश्य छन,सपना छन, यस्तै यस्तै सोचेर भएपनी एकछिन कठोर बन्न खोज्छु, आत्मबिश्वास बढाउन खोज्छु तर जति हिम्मत जुटाउन खोजे पनि खै के के हुन्छ, कहि न कहिबाट तिम्रो अभाव महसुस भैहाल्छ अनि गलिहाल्छु। म माथि यत्ती कृपा गरिदेउ यदि तिमी त मेरो बन्न सकेनौं ठिक छ। विन्ती अब तिम्रा यादहरुलाई पनि तिमिसङ्गै राख । तिम्रा यादहरु विना नै खुसि छु म ।

साथै मेरो पत्रलाइ स्वीकार गरि अन्त्यसम्म पढ्यो त्यसको लागि धेरै धन्यवाद छ। फेरि यत्ति कुरामा स्पष्ट हुनु मैले यसरी पत्र पठाएर,अनि बिगतलाई खोतलेर तिम्रो नया भविष्यमा केही बाधा आओस भन्ने चाहाना फिटिक्कै राखेको होइन१ तिम्रो बाकि जीवन सुखमय तरिकाले बितोस भन्ने कामना गर्छु ।
मैले त आफ्नो मनको अनुभुतिहरुलाई इमान्दारीता पुर्वक तिम्रो अगाडि प्रस्तुत गरेको हु। बाकिँ तिम्रा बिचारहरु तिमी नै जान।

उहि
कमल

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (60%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (40%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?