अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा १९ जना उम्मेद्वारको जमानत जफत भएको छ ।
३ पदमा चुनाव लडेका २५ जनामध्ये सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने प्रदेश सभा (क) र (ख) का ५/५ जना र प्रतिनिधि सभाका ९ जना गरी १९ उम्मेदवारको जमानत जफत भएको हो ।
प्रतिनिधि सभातर्फ जमानत जफत हुने उम्मेद्वार

अर्घाखाँचीमा ६ जनाले मात्रै जमानत जोगाउन सफल भएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मात्र आफ्नो जमानत सुरक्षि गर्न सकेका छन् ।
प्रदेश सभा (क) तर्फ जमानत जफत हुने उम्मेद्वार
प्रदेश सभा (क) तर्फ जमानत जफत हुने उम्मेद्वार
सदर मतको १० प्रतिशत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ। प्रतिनिधिसभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा कानुनअनुसार धरौटीबापत १० हजार रुपैयाँ जम्मा गरेका हुन्छन् । अर्घाखाँचीमा १ लाख ६४ हजार ७ सय ६८ मतदातामध्ये ९० हजार ९ सय ८९ मत खसेको थियो ।
