मार्कस राशफोर्ड प्रेरित इंग्ल्याण्ड टिम वेल्समाथि ३-० को सहज जितसहित समूह बी को विजेताका रुपमा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । निराशाजनक प्रदर्शनसँगै वेल्स विश्वकपबाट बाहिरियो ।
नकआउट चरणमा पुग्नका लागि वेल्सले कि इंग्ल्याण्डलाई हराउनुपर्ने थियो वा इरान र अमेरिकाबीचको खेल बराबरीमा सकिनुपर्ने थियो । वा, सो खेलमा चार गोलको अन्तरमा जित हार हुनुपर्ने थियाे ।

वेल्सका प्रशिक्षक रब पेजले आफ्ना सुपरस्टार ग्यारेथ बेललाई पहिलो हाफमै सब्स्टिच्युड गर्ने निर्णय लिए । किनभने ४५ मिनेटको अवधिमा यी स्टार खेलाडीले मात्र सातपल्ट बल छोएका थिए । तर, यो रणनीतिले पनि काम गरे । दोस्रो हाफ सुरु भएको ६ मिनेटभित्र इंग्ल्याण्डले २ गोल गरेको थियो ।
लगातार दुई गोल वेल्सलाई निराश बनाउन काफी थियो । किनभने उनीहरुलाई थाहा थियो, यो खेलपछि घर फर्किनुपर्छ । वेल्सका गोलरक्षक वार्डको कमजोरीको फाइदा उठाउँदै ३८औं मिनेटमा राशफोर्डले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्याण्डले सहज विजय पायो ।
