spot_img
spot_img

अर्घाखाँची अस्पतालको अनुगमन मुल्यांकन कार्यक्रम सम्पन्न

अशाेक खनाल,
अर्घाखाँची । स्वास्थ निर्देशनालय लुम्बिनी प्रदेशको आयोजना तथा अर्घाखाँची अस्पतालको सहजीकरणमा न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तरगत अस्पतालको अनुगमन मुल्यांकन कार्यक्रम सरोकारवालाहरु का उपस्थित बिच सम्पन्न भएको छ।
जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे स्वास्थ निर्देशनालयका स्वास्थ निरीक्षक रोशन लाल चौधरी ,बर्दिया अस्पतालका मेसु सुवास पान्डे,अर्घाखाँची अस्पतालका मेसु जगन्नाथ तिवारी NSI का प्रतिनिधि रिता पोख्रेल स्वास्थ कार्यालयका प्रतिनिधि राम प्रसाद गौतम, अस्पताल बिकास समिति का सदस्य मेनुका पौडेल ,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतको उपस्थित रहेको थियो ।
अर्घाखाँची अस्पताल दक्ष जनशक्ति तथा भौतिक संरचनाको काठिनाइका बाजजुत पनि लुम्बिनी प्रदेशको पाँचौ नम्बरमा पर्नुका साथै निर्देशनालयको न्युनतम मापदण्ड मुल्यांकनको आधारमा ८१% ल्याउन सफल भएको छ ।
कार्यक्रम अर्घाखाँची अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता अर्घाखाँची अस्पतालका मेसु डा. जनन्नाथ तिवारीको स्वागत मन्तव्य तथा सूचना अधिकारी निमरानाको संचालनमा सम्पन्न भएको थियो ।
Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?