spot_img
spot_img

अर्घाखाँचीमा १६३ एचआइभि संक्रमित, ३४ जनाको मृत्यु

कुन पालिकामा कति छन् संक्रमित ?

अर्घाखाँची । अर्घाखाँचीमा हाल सम्म १ सय ६३ जनामा एचआइभि संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा ७६ जना महिला र ८७ जना पुरुष गरी १ सय ६३ जनामा एचआइभि संक्रमण भएको हो । सन्देश सहयोग समुह अर्घाखाँचीको तथ्याङ्क अनुसार जिल्लामा हाल सम्म एचआइभि एड्सका कारण ३४ जनाको मृत्यु भएको छ भने १ सय २९ जना संक्रमितले ओैषधि सेवन गरीरहेका छन् ।

पालिका अनुसार जिवित संक्रमितकाे तथ्यांक 

Workplace

कुल संक्रमित मध्ये ७ जना बालबालिका जिवित छन् भने ८ जना बालबालिकाको मृत्यु भएको सन्देश सहयोग समुह अर्घाखाँचीको तथ्याङ्कमा उल्लेख छ ।

पालिका अनुसार मृत्यु भएका संक्रमितकाे तथ्यांक 

ओषधि सेवन गर्न थालेपछि घरपरिवार र समाजमा थाहा हुने र आफुलाई हेर्ने दृष्टिकोणमा फरक पर्ने डरले औषधि सेवन नगर्ने तथा परिक्षण पनि नगराउने भएका कारण संक्रमित बढ्न सक्ने एआरटि काउन्सीलर हरि पाण्डेको भनाई छ ।

एचआईभि संक्रमण भए पश्चात पनि नियमित औषधिको सेवन गरे शरिरको प्रतिरक्षा शक्ति बृद्धि भई समान्य मानिस सरह बाच्न सक्ने भएकाले सवै संक्रमितलाई परिक्षण गराई नियमित औषधि सेवन गर्न जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी बिजय बिकले आग्रह गरे ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?