spot_img
spot_img

खेतबाट फर्किँदै गरेका दश किसानको दुर्घटनामा मृत्यु

एजेन्सी । सवारी दुर्घटनामा दशजना किसानको ज्यान गएको छ । खेतको कामबाट फर्किँदै गरेका इजिप्टको उत्तरी प्रान्त बेहेरियाका उनीहरूको ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको स्थानीय प्रहरीले जानकारी दिएको छ।

प्राप्त जानकारीअनुसार उनीहरू बिहीबार खेतको काम गरेर घर फर्किँर्दै गरेका वेला उनीहरू सवार रहेको ट्याक्टर दुर्घटनामा परेको थियो।

Workplace

उनीहरू सवार ट्याक्टरलाई अर्कातर्फबाट आएको ट्रकले ठक्कर दिएको थियो। उक्त दुर्घटनामा अरू दुईजना घाइते भएका थिए। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?