spot_img
spot_img

गुल्मी : तम्घास बजारका अव्यवस्थित तार हटाइने

रमेश विश्वकर्मा,
गुल्मी । गुल्मीको तम्घास बजारलाई सुन्दर बनाउन रेसुङ्गा नगरपालिकाले काम सुरु गर्ने भएको छ । सदरमुकाम तम्घास बजारको सुन्दरतालाई कुरूप बनाइरहेको अव्यवस्थित तारलाई व्यवस्थापन गरी सुन्दर नगरपालिका बनाउने उद्देश्यले रेसुङ्गा नगरपालिका अगाडि बढेको हो ।

शुक्रबार बिहानै नगरप्रमुख खिलध्वज पन्थीले आफ्नो कार्यकक्षमा जिल्लामा रहेका नेपाल टेलिकम तथा विभिन्न केबुल र अन्य नेट–इन्टरनेटका सेवा प्रदायक निकायका प्रतिनिधिसँग संयुक्त रुपमा छलफल गरी अव्यवस्थित पोलमा झुण्ड्याइएका तारलाई हटाउन निर्देशन दिएका छन् ।

Workplace

अहिले तम्घास बजारमा ११ मिटर अग्लो विधुत पोलहरु गाडिएको छ । १८ गतेदेखि सो पोलमा विधुत प्राधिकरणले तार जडान गर्ने भएको छ । सेवा प्रदायक निकाय सबैले अन्तरसमन्वयमा टेलिकम, केबुल र नेटका तारहरू व्यवस्थित गर्ने नगरप्रमुख पन्थीले बताए । पोलमेनको सहयोगमा समूह बनाएर संयुक्त रूपमा काम गर्ने सहमति भएको पन्थीको भनाइ छ ।

“बजारमा सडकहरु तुरुन्त पक्की गर्ने काम सुरू गरिनेछ” उनले भने, “मैले ताकेता गरेपछि सडक पीचको आवश्यक सामग्री खरिदमा लगिएको छ ।” नगरपालिका भित्र रहेको तम्घास बजारको सुन्दरतालाई बढाउन टोल सुधार समितिलाई सक्रिय बनाउने उनले बताए ।

त्यस्तै, नगरप्रमुख पन्थीले काम गर्ने सन्दर्भमा धेरै प्रक्रियामुखी भएकै कारण नागरिकका निराश बढाएको बताए । “सुन्दर, सफा, सहर बनाउने हामी सबैको दायित्व हो । समृद्ध नगरपालिका बनाउन, बजार व्यवस्थापन गर्नुपर्छ । दिगो विकासको लक्ष्यमा सरसफाइ महत्वपूर्ण सूचक हो ।”

आफुले कर्तव्य पूरा गरेपछि मात्र अरुलाई प्रश्न गर्न सकिने उनले बताए । उनले भने, “हाम्रो काम र कर्तव्य पूरा गरेपछि बल्ल अरूलाई प्रश्न गरौं ।” नगरपालिकालाई समृद्ध र सुन्दर बनाउन गैर सरकारी संस्थासँग समन्वय गरी काम गर्न नगरपालिका तयार रहेको उनको भनाइ छ । गाेरखापत्रबाट

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?