spot_img
spot_img

विश्व कप फुटबल : पोर्चुगललाई २–१ गोलले हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा

काठमाण्डाै । फिफा विश्व कप फुटबल‍मा समूह ‘एच’ अन्तर्गतकाे दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

कतारको एजुकेसन सिटी स्टेडियममा गए राति  भएको खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको हो । जितसँगै दक्षिण कोरिया अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेकाे छ ।

Workplace

खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दक्षिण कोरियाका लागि खेलको २७औँ मिनेटमा किम योङ जीओनले पहिलो गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

काेरियाका लागि इन्जुरी समयमा  ह्वाङ ही चानले दोस्रो गोल गरेका हुन् । जितसँगै कोरियाले ३ खेलमा ४ अङ्क जाेडेकाे छ भने पोर्चुगलकाे समान खेलमा ६ अङ्क रहेको छ ।

पाेर्चुगल यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेकाे छ । समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?