spot_img
spot_img

छिमेकीको हत्या आरोपमा दुईजना पक्राउ

जनकपुरधाम । कुटपिट गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरेको जानकारी दिए।

Workplace

गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका थिए।

दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?