spot_img
spot_img

कसैले इच्छा राख्दैमा प्रधानमन्त्री भइहाल्ने अवस्था छैन : नेता भण्डारी

बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्रीको विषयमा अहिल्यै बोल्ने बेला नभएको र कसैले इच्छा राख्दैमा प्रधानमन्त्री भइहाल्ने अवस्था पनि नभएको बताएका छन् ।

नेपाल प्रेस यूनियन रूपन्देहीले शनिबार बुटवलमा आयाेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भण्डारीले सरकारको नेतृत्वमा को जाने भन्दा पनि कस्तो सरकार बनाउने भन्नेमा आफ्नो जोड रहेको बताए । उनले उमेरभन्दा विचारले नेतृत्व गर्नुपर्ने बताए ।

Workplace

कांग्रेसबाट गगन थापा प्रधानमन्त्री भन्ने चर्चा छ नि भन्ने जिज्ञासामा उनले विभिन्न दलका सांसदहरुले प्रधानमन्त्री बनाउने भएकाले अहिल्यै को प्रधानमन्त्री भनेर भन्न नहुने बताए ।

कांग्रेस महाधिवेशनपछि आफुहरूको विचार समूहले पार्टीमा पुस्तान्तरणको सवाल उठाएको बताउँदै त्यो समूह र पार्टी नेताहरूबीच छलफल गरेर मात्रै निर्णयमा पुग्न सकिने बताए । ‘कसैले इच्छा राख्दैमा प्रधानमन्त्री हुने होईन, यो बिषयमा पार्टी सभापति शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपालसँग पनि छलफल गरेर निर्णयमा पुग्ने हो, बाटैमा बोलेर बिषयान्तर गर्नहुन्न’, उनले भने ।

गुल्मी १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका भण्डारी आफ्नो निर्वाचन क्षेत्रका समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाए ।

नेता भण्डारीले राजनीतिमा पनि थुप्रै समस्याहरू रहेकाले समाधानका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?