अर्घाखाँची । अर्घाखाँची जिल्ला पाणिनि गाउपालिकाको दुर्गाफाँटमा संचालित दुर्गाफाँट डेरिको प्रथम बार्षिक उत्सव सम्पन्न भएको छ ।
गत मंसिरमा कानुनी बैधानिकता पाएको डेरिले आफ्नो एक बर्ष सफलता पुर्वक सम्पन्न गरेको उपलक्ष्यमा एक कार्यक्रमका बिच बार्षिक उत्सव मनाइएको हो ।

दुग्ध बिकासका लागि गाउंपालिकाले बिशेष पहल गर्नुपर्नेमा कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका थिए । गाउपालिका भित्रका सम्पुर्ण डेरिहरुलाइ ब्यबस्थित गरि अनुदानका कार्यक्रम ल्याउन डेरि संचालकले अनुरोध गरेका थिए । यस्तै कार्यक्रममा डेरिमा सबैभन्दा धेरै दूध ल्याउने तथा उत्कृष्ट कृषकलाइ सम्मान समेत गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइराला, समन्वय समिती सदस्य कमल प्रसाद घिमिरे, पाणिनी गाँउपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल, वडाअध्यक्ष, जनप्रतिनिधि, गाउपालिका भित्रका डेरी संचालक, कृषक लगाएतको उपस्थितिमा सम्म्पन्न भएको थियो ।
