श्री यातायात मजदुर बचत तथा ऋण सहकारी सस्था लिमिटेडको साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।
श्री यातायात मजदुर बचत तथा ऋण सहकारी सस्था लिमिटेड सन्धिखर्क १ अर्घाखाँचीको नवौं साधारणसभा तथा चौथो अधिवेशन बि पि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको हो ।

कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान, एसईई मा उत्कृष्ट अंक ल्याइ उत्तीर्ण छात्र, छात्रालाइ सम्मान,उत्कृष्ट ऋणिलाइ सम्मान गरिएको छ ।
कार्यक्रममा आत्मसिंह घर्तीको अध्यक्षतामा नया कार्य समिती समेत चयन गरिएको छ । जसको उपाध्यक्षमा हरिप्रसाद पन्थि, राजेन्द्र श्रेष्ठ, सचीवमा डिलाराम बन्जाडे, अर्जुन पाेख्रेल कोषाध्यक्षमा बिष्णु प्रसाद भट्टराई, सदस्यहरुमा शारदा भुसाल, सम्झाना पन्थी, राजेश श्रेष्ठ, चेतनाराण श्रेष्ठ, प्रकाश पिसि, जनक पुन रहेका छन् । लेखा समितिमा शिवनाथ श्रेष्ठ, पदम पाण्डे, गणेशराज पौडेल रहेका छन भने सल्लाहकारमा गाेपालसिंह अर्याल, भेष बहादुर बिसि, गोपाल भुसाल, लक्ष्मण भण्डारी, हेमन्त बेल्बासे रहेका छन ।
कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु खनाल मुस्कान, जिल्ला सहकारी संघ अर्घाखाँचीका प्रकाश भुसाल, आत्मसिंह घर्ती, नेपाली कांग्रेस जिल्ला सहसचिव कमल पौडेल लगायको उपस्थिति रहेको कार्यक्रमको संचालन गणेश भुसालले गरेका थिए ।
श्री यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड महामानव वि.पि काेईरालाकाे संझना र सम्मानमा स्थापित वि.पि सिद्धान्त विकास संस्था नेपालकाे सारथी संस्था हो ।
