अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी बरिष्ठ नायब निरिक्षक प्रविन आचार्यलाई नबौ राष्ट्रिय खेलकुदको अबधिभर शान्ति सुरक्षा चुस्तदुस्त बनाएको, फरार प्रतिबादीको खोजी कार्यलाई तिब्रता दिइएको, नियम विपरीत कार्य गर्ने जोकोहिलाई कार्यबाहीको लागि उच्च प्राथमिकता दिइएको भन्दै सम्मान गरेको छ ।
आचार्यले आफ्नो पेशागत मर्यादतलाई कर्तब्यनिष्ठ लगनशिल अनुसाशित बनाउदै प्रहरी सगठनमा राम्रो छवि बनाएका छन् । जागिरको शिलशिलामा देशका विभिन्न ठाँउमा पुगी कार्यरत रहेका आचार्यले कामलाई बिशेष प्राथमिकताका साथ हेर्ने गरेको पाईन्छ ।

आचार्यले अर्घाखाँची पाल्पा लगायतका जिल्लामा ट्राफिक प्रहरीको भबन निर्माण आफ्नो कार्यकालमा सम्पन्न गरी ट्राफिक व्यबस्थापनमा महत्वपुर्ण भुमिका खेलेका छन् । आचार्यले अर्घाखाँची जिल्लाको प्रमुखको रुपमा रहदा जिल्लाका विकट बस्तीमा ट्राफिक सचेतना सम्वन्धी काम गरी राम्रो छबि बनाएका थिए ।
नरम र सरल स्वभाबका आचार्यले गर्ने काममा हरेक जिल्लाका मानिसले मुक्तकण्ठले प्रंशासा गर्ने गरेको पाईन्छ । प्रहरी आचार्य हरेक जिल्लामा पुस्तकृत हुदै आएका छन् ।
