धनगढी । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् ।
जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

हँसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।
