अर्घाखाँची । अर्घाखाँचीमा हामी सादा पोषाकमा खटिएका प्रहरी हौं भन्दै अभद्र ब्यबहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भुमिकास्थान नगरपालीका वडा नं ६ खिल्जीका ३५ वर्षिय बाबुराम पौडेल र मालारानी गाउँपालिका वडा नं ५ बागीका २० वर्षिय दिपक के सी रहेको प्रहरीले जनाएको छ ।

उनिहरुले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा “हामी नेपाल प्रहरीका सादा पोषाकमा खटिएका प्रहरी हो” भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसल लगाएतमा चेकजाँच गर्ने, स्थानिय व्यक्तीहरुलाई डर त्रासमा पारी गाली गलोज तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने विशेष सूूचनाको आधारमा जिल्ला प्रहरी कार्याल अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएकको थियो ।
नियन्त्रणमा लिई सोधपुछ गर्दा उल्टै प्रहरी माथी हरपात, गाली गलौज तथा अभद्र व्यवहार गरेका थिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीले जनाएको छ ।
