अर्घाखाँची । ट्रकको ठक्करबाट भुमिकास्थानका एक बालकको ज्यान गएको छ ।
कपिलवस्तुको बुद्धभूमी नगरपालिका-२, गोरुसिंगेमा ट्रकको ठक्करबाट १ बालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर १०, धनचौरका १४ वर्षीय सम्राट खनालको ट्रकको ठक्करबाट मृत्यु भएको हो । घटनामा मृतकका बुवा ५२ वर्षीय लक्ष्मण खनाल घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ५२ प ८७८४ नम्बरको स्कुटरलाई लु २ ख ६५०१ नम्बरको ट्रकले गएराति ठक्कर दिंदा दुर्घटना भएको थियो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
